रचना रिमाल अचानक किन विरामी भइन ?

0 Shares

काठमाडौं । गायिका रचना रिमालको स्वास्थ्यमा समस्या भएको छ । सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दियो ।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो।

सम्बन्धित समाचार