काठमाडौं । जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १०६ रनको भारी अन्तरले पराजित गरेको छ ।
तेस्रो जितसँगै ६ अंक जोडेको कोलकाता आईपीएलको शीर्ष स्थानमा उक्लिँदा ४ खेलबाट २ अंक जोडेको दिल्ली नवौं स्थानमा पुगेको छ । कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १६६ रनमा अल आउट भयो ।
यसअघि टस जितेर पहिला व्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यसअघि यसै आईपीएलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।
आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दै छन् । गुजरातको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।
जारी आईपीएलमा गुजरातले २ जित र एक हार बेहोरेको छ । पञ्जाव किंग्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।