0
Shares
काठमाडाै । सुनको मूल्य आज पनि बढेको छ । हिजो तोलामा पाँच हजार रुपैयाँ बढेको सुनको मूल्य आज ३०० रुपैयाँ मात्रै बढेको हो ।
मूल्य बढेसँगै सुनको मूल्य तोलाको २ लाख ९८ हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ५ हजार १५ रुपैयाँ पुगेको थियो ।