0
Shares
खोटाङ । खोटाङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् ।
ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।