प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

0 Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस शेयर बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पश्चात मात्र शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार