सरकारका प्रवक्ताले भने, ‘भोलि वा पर्सीसम्म शिक्षकसंग सहमती हुन सक्छ’

0 Shares

काठमाडौं ।  सरकारले आन्दोलनरत शिक्षकहरूको माग भोलि र पर्सिसम्ममा सम्बोधन हुने बताएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेका छन् ।स्रोतका अनुसार आजै शिक्षक महासंघका प्रतिनिधिहरूसँग शिक्षामन्त्री पन्तले छलफल गर्दैछन् । ‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने, अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ गुरुङले भने ।

यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन् । अहिले नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेका छन् । स्रोतका अनुसार आजै शिक्षक महासंघका प्रतिनिधिहरूसँग शिक्षामन्त्री पन्तले छलफल गर्दैछन् । ‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने, अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ गुरुङले भने । यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन् ।

अहिले नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ ।

सम्बन्धित समाचार