नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा झण्डै १० गुणा बढी आवेदन

0 Shares

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा मंगलबारसम्ममा १३ लाख ५३ हजार ४२६ जनाको आवेदन परेको छ। कम्पनीको आइपीओमा तेस्रो दिनसम्म ९.५५ गुणा बढी माग आवेदन भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा इन्स्योरेन्सको आईपीओमा एक करोड ७६ लाख २९ हजार ३०० कित्ता बराबर एक अर्ब ७६ करोड २९ लाख ३० हजार रुपैयाँको आवेदन दिएका हुन् ।

उक्त आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आइतबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो ।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार