काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सलेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १५.२५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने २६.४१ प्रतिशतले घटेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १३ करोड १८ लाख रुपैयाँबाट घटेर ९ करोड ७० लाखमा झरेको छ । यता, कम्पनीको कमिसनबाट हुने आम्दानी भने १२ करोड ३९ लाख रुपैयाँबाट बढेर १५ करोड रुपैयाँ कायम भएको छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २३ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १२ रुपैयाँ १७ पैसा ९वार्षिक० कायम भएको छ यसको प्रतिसेयर नेटवर्थ भने १५२.७७ रुपैयाँ रहेको छ ।