0
Shares
काठमाडौँ । आईतबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।