0
Shares
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २१०० रुपैयाँ बढेको हो ।
योसँगै आज सुनको मूल्य एक लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा एक लाख ५० हजार १०० रुपैयाँ भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । आज एक हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।