0
Shares
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी यस दिन प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।