कीर्तिमानी मूल्यमा घटेको सुनको मूल्य बढ्यो

0 Shares

काठमाडौँ । दुई दिनमा कीर्तिमानी रकममा गिरावट भएको सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य बढेसँगै एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार