सुन तोलामा नै हजार रुपैयाँले बढ्यो

0 Shares

काठमाडौँ । सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार