पाँच दिनदेखि निरन्तर घटेको सुन र चाँदीको मूल्य आज बढ्यो

0 Shares

काठमाडौँ । कात्तिक ३० गते, शुक्रबार, सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुन प्रतितोला १०० रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबर छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो समय सुनको मूल्यमा निरन्तर रुपमा घटेको थियो । निरन्तर मूल्य घटेको पाँचौ दिन पछि सुनको मूल्य सामान्य बढेको हो ।

यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार