0
Shares
काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला १,००० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । साताको पहिलो कारोबार दिन आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ खरिदबिक्री भएको थियो ।