सर्वाधिक नाफा कमाउने नबिल बैंक, खुद नाफा कति ?

0 Shares

काठमाडौँ । नबिल बैंक चालू आर्थिक वर्षको तीन महिनामा २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको होछ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । अघि वर्ष बैंकले जम्मा १ अर्ब ४६ करोड रुपियाँनाफा कमाएको थियो ।

बैंकको सञ्चालन नाफा ३६.०९ प्रतिशत गरेको छ भने खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेको छ । बैंकको खराब कर्जा अनुपात १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशत रहेको छ । बैंकको २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ छ ।

पहिलो त्रैमासम्मको आर्थिक स्थितिमा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ८३ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार