काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५७ दशमलव ९९ अंकले ओरालो लागेर दुई हजार ६३९ दशमलव ९२ अंकमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अंकले ओरालो लागेर ४७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
आज कूल एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् । विन नेपाल लघुवित्त नौ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक नौ दशमलव ८२, कालिका लघुवित्त पाँच दशमलव ५२, पिपल्स पावर चार दशमलव ८४ र मानुषी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, न्यादी ग्रुप अफ पावर नौ दशमलव २०, गुडविल फाइनान्स पाँच दशमलव ६५, छ्याङदी हाइड्रोपावर चार दशमलव ७९, इस्टर्न हाइड्रोपावर चार दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले चार दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।