कामना सेवाविकास बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको सभा असोज ३० गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो।

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित भएको छ।

साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहितआ.व.२०८०.८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सानहिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसै गरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैया बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायमहुने गरि अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

उक्त साधारणसभाले आ।व। २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्तावपारित गरेको छ ।

साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुखकार्यकारी अधिकृत दिनेश थकालीले दिएको थियो ।

शेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सिईओ दिनेश थकालीले शेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथाकार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिलहुने गरी कार्य संचालन गरिएको तथाचालु आ.व.मा पनि बैंकले शेयरधनीहरुको अपेक्षा बमोजिमको लक्ष्यहासिल गर्ने बताए । उक्त सभामाउपस्थित शेयरधनीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले मन्तव्यमार्फत् स्वागत गरेका थिए।

सम्बन्धित समाचार