एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरियो रोनाल्डोको अल–नासर

0 Shares

रियाद । क्रिस्टियानो रोनाल्डोको अल–नासर एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । अल–ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै टोली प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो लेगमा १–० ले पछि परेको टोली दोस्रो लेगमा ३–० ले पछि परेको थियो । तर, टोलीले पुनरागमन गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएको थियो ।

निर्धारित समयमा गोलको सुन्दर अवसर गुमाएका रोनाल्डोले ११८ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै १० खेलाडीमा सीमित अल–नासरलाई ४–४ को स्थितिमा ल्याएका थिए । पाँच पटकको बालोन डी’ओर विजेता ३९ वर्षीय खेलाडीले टोली २–३ गोलले पछि रहेको स्थितिमा मात्र तीन यार्ड टाढाबाट गोल गर्न चुकेका थिए ।

अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अल–नासर १–३ गोलले पराजित हुन पुग्यो । टोलीका लागि रोनाल्डोले मात्र पेनाल्टीबाट गोल गर्न सफल भएका थिए ।

सम्बन्धित समाचार