प्रकाशमानसिंह प्रधानन्यायाधीशमा नियुक्त

0 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश राउतलाई आज नेपालको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले शपथ लिएसँगै आजै दिउँसो पदभार ग्रहण गर्ने छन् ।

सम्बन्धित समाचार