प्रकाशमानको नाम प्रधानन्यायाधीशमा अनुमोदित

0 Shares

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाश मान सिंह राउतको नाम अनुमोदित भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्को गत भदौ ३१ मा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो ।

उदयपुरका स्थायीबासी राउत कानून व्यवसायी पृष्ठभूमिका हुन् । उनी २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।

सम्बन्धित समाचार