नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र बुद्ध एयरबीच विशेष छूट सम्झौता

0 Shares

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र बुद्ध एयरबीच नयाँ सम्झौताले बैंकका ग्राहक र उनका परिवारलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छूट प्रदान गर्ने व्यवस्था गरेको छ। यो छूट सुविधा बैंकका ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर वा बैंकको मोबाईल बैंकिङ मार्फत टिकट किन्दा प्राप्त गर्न सक्नेछन्।

सम्झौताअनुसार ग्राहक र उनका परिवारका सदस्य जसमा बुबा, आमा, श्रीमती, र छोराछोरी समावेश छन्  । यस छूटको फाइदा उठाउन सक्नेछन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकिङ सेवाका अतिरिक्त अन्य क्षेत्रहरूमा पनि सेवा र छूटको व्यवस्था गर्दै आएको छ। अस्पताल, रेष्टुरेण्ट, र सपिङ मल लगायतका विभिन्न सेवामुलक क्षेत्रसँगको सम्झौताबाट ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।

यो नयाँ सम्झौताले बैंकका ग्राहकलाई थप लाभ र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार