सिटिजन्स बैंक र श्री एयरलाइन्स बीच छुट सम्झौता

0 Shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुस्ट ५०० रुपैयाँ छुट पाउनेछन् । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार