टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

0 Shares

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ। भृकुटी मण्डपमा आजदेखि सुरू भएको ‘१६ औं टाटा इभी नाडा अटो सो २०२४’ मा पन्च इभीको विक्री वितरण सुरू गरेको हो।

टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरिएको हो। बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ।

१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्। यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। नेपालको विभिन्न भू-भागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ।

पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ। नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलता पछि पन्च इभी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी भएको टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर राजन बालाजीले बताए।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ। र हामी पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरूको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हर्षित रहेको बताए।

लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभीसँगै नेपाली बजारमा फेरि यहि स्थान कायम गर्नेमा विश्वस्त रहेको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए। ‘अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी पन्च इभीले ग्राहकहरूलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभुति गराउनेछ,’ उनले भने।

नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ स्टेशन, १५०ं एसी फास्ट चार्जिङ, १५०ं एसी स्लो चार्जिङ नेटवर्क छ। यसैगरी १६ इभि डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन्।

सम्बन्धित समाचार