कुमारी बैंकका ग्राहकले दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट पाउने

0 Shares

काठमाडौँ । कुमारी बैंक लिमिटेडका ग्राहकले दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। काठमाडौँ बाँसबारीमा अवस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा छुने दिने सन्दर्भमा बैंकले हस्पीटलबीच एक सम्झौता गरेको हो।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले यो क्लिनिकबाट कुनैपनि सेवा लिई यस बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निःशूल्करुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाकानिमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार