साफ यू-२० च्याम्पियनसिप : नेपाल बन्यो समूह विजेता, बंगलादेश २-१ गोलले पराजित

0 Shares

काठमाडौं । घरेलु टोली नेपालले साफ यू २० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध २-१ गोलले विजयी हुँदै समूह विजेता बनेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा नेपालका लागि समीर तामाङ र नीराजन धामीले एक एक गोल गरे ।

बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमा गोल फर्काए । आफ्नो पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए ।

यसअघि समूह ‘ए’को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि श्रीलंका पराजित भएसँगै एक खेलअगाडि नेपालले सेमिफाइनल यात्रा तय गरिसकेको थियो । समूह चरण दुवै खेलमा जित निकाल्दै नेपाल समूह विजेता बनेको छ ।

 

सम्बन्धित समाचार