टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा बन्यो ३९ रन, यसरी भयो सम्भव

0 Shares

काठमाडौं । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएको छ । यो कीर्तिमान टी २० विश्वकप छनोटमा सामोआ र भानुआटुबीचको खेलमा बनेको हो ।

सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मंगलबार टी २० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यो ओभरमा ३ नो बल पनि परेको थियो ।

योसँगै टी २० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ । यसअघिको कीर्तिमान ३६ रनको थियो ।

भारतका युवराज सिंह, वेस्ट इन्डिजका केरोन पोलार्ड र निकोलस पूरन र नेपालका दीपेन्द्र सिंह ऐरीले एक ओभरमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाउने उपलब्धि हासिल गरेका थिए ।

ब्याट्सम्यानका रुपमा ड्यारियस भिसरले एक ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बराबरी गरेका छन् । तर, तीन नो बलका कारण उनले टी २० अन्तर्राष्ट्रियमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन् । सामोआको राजधानी अपियामा भएको खेलमा सामोआले १० रनले विजयी भएको हो ।

सम्बन्धित समाचार