साफ यू-२०: श्रीलंकामाथि नेपाल विजयी, बंगलादेशलाई पराजित गर्न सक्ला ?

0 Shares

काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोलले पराजित गरेको हो ।

नेपालको जितका लागि खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बनेको थियो । नेपालसहित ६ देशले भाग लिएको प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ ।

अब नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष स्थानमा रहँदै अर्को चरणमा पुग्ने छ ।

सम्बन्धित समाचार