विश्वकप क्रिकेटको यू १९ एशिया छनोट खेलमा नेपालमा हुने

0 Shares

काठमाडौं । आईसीसी यू १९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको विजेताले सन् २०२६ मा हुने आईसीसी यू १९ विश्वकपमा खेल्न पाउने छ ।

यू १९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् । १६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।

सम्बन्धित समाचार