फोहोरको पहिरोमा पुरिएर १८ को मृत्यु, बेपत्ताको खोजी हुँदै

0 Shares

काठमाडौं । युगाण्डाको राजधानी कम्पालामा एउटा फोहोरको थुप्रोको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

युगाण्डाका सुरक्षा अधिकारीहरूका अनुसार फोहोरको पहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी जारी राखिएको छ ।

शहरको एक मात्र ल्याण्डफिल साइट कितेजीमा दुई दिनपछि मुसलधारे वर्षाले फोहोरको ठूलो टुक्रा भत्केपछि प्रहरीले मृत्यु हुनेको संख्या घोषणा गरेको थियो । फोहोरको पहिरोले बासिन्दाहरू सुतिरहेका बेला मानिस, गाईवस्तु र घर पुरिएका छन् ।

अधिकारीहरूले आइतबार आठ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । तर, उद्धारकर्ताहरूले बाँचेको खोजी गर्दा मृतकको संख्या बढेको छ ।

एसोसिएटेड प्रेसका अनुसार मृत्यु हुनेको संख्या १८ पुगेको अधिकारीहरूले जानकारी दिए ।

सम्बन्धित समाचार