बंगलादेशको एटीएम सबै रित्ता, लुटिने डरले बैंकमा छैन पैसा

0 Shares

काठमाडौं । बंगलादेशमा जारी द्वन्द्वका बीच बैंकका एटीएमहरूमा नगदको अभाव भएको छ । प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरै जसो बैंकले एटीएम बन्द गरेका छन् ।

गत ५ अगस्तमा प्रहरीमाथि प्रदर्शनकारीले हमला गरेपछि बंगलादेशका प्रहरीहरू अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरू रित्तो छन् ।

एटीएम बुथसम्म नगद पुर्याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटीएममा नगद नभएको बैंकरहरुले बताएका छन् । यसअघि गत अगस्त ७ मा केन्द्रीय बैंकले सबै बैंकबाट एक दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामापछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् । नयाँ सरकारले पनि अझै सुरक्षा व्यवस्था नियन्त्रणमा लिइसकेको अवस्था छैन ।

 

 

सम्बन्धित समाचार