सुनको भाउ बढ्यो, चाँदीको घट्यो, तोलामा कसरी हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।

बिहीबार छापावाला २४ क्यारेट सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँ र २२ क्यारेट सुन प्रतितोला १ लाख २५ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यता बिहीबार चाँदी भने प्रतितोला १ हजार ६९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार