भारतमा पहिरोले बस्ती बगाउँदा २१५ जना मृत फेला, २०६ व्यक्ति अझै बेपत्ता

0 Shares

काठमाडौं । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको बताएका छन् । घटनामा २०६ जना अझै बेपत्ता रहेका छन् ।

उनले भने, “पहिरोमा फसेकामध्ये २१५ जनाको उद्धार गरिएको छ, २०६ जना अझै बेपत्ता रहेका छन्, पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कूल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ ।”

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार पछिल्लो अपडेट अनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २१५ जनाको मृत शरीर पहिरोबाट निकालिएको हो । कूल १४३ शरिरका अङ्गहरु फेला परेका र हालसम्म २१२ शवको पोष्टमार्टमको प्रक्रिया पूरा भएको छ ।

पहिरोले पूरै भत्किएको छुरलमालाको बस्तीलाई सारी अर्को बस्ती निर्माण गर्नु पर्ने देखिएको मुख्यमन्त्री विजयनले बताए । यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा सय घर निर्माण गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार