रविमाथि आक्रोश बने ओली- सहकारी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौँ

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै उनले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका हुन् ।

उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । अहिलेसम्म जारी रहेका योजनाहरूको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई परिवर्तन गर्ने उनको भनाइ थियो ।

यस क्रममा ओलीले आफूहरू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दाबी गर्दै सबै काल खण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरे । यस्तै, उनले पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगी गर्नेलाई कारबाही गर्ने बताउँदै सुशासनका लागि स्टन्ट नगर्ने बताए ।

त्यस्तै, ओलीले व्यवसाय मैत्री वातावारण बनाउने बताए । उनले सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताउँदै लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउने वैकल्पिक स्रोतको परिचालन गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउँदै सूचना सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख आधार बनाउने बताए ।

उनले आफूहरूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताउँदै सबै काल खण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी ठगी गर्नेलाई कारबाही गर्ने बताउँदै सुशासनका लागि स्टन्ट नगर्ने बताए ।

सम्बन्धित समाचार