ओलीलाई विश्वासको मत दिनेबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेका छन् । कांग्रेसले आइतबार बिहान १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस–एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन् ।

सम्बन्धित समाचार