एक सिंगे भाले गैँडा मृत फेला

0 Shares

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा मृत फेला परेको छ । भरतपुर महानगर १३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा मृत गैँडा फेला परेको हो ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशंका गरिएको छ ।

सम्बन्धित समाचार