सुनको भाउ बुधबार पनि रेकर्ड बिन्दुमा, तोलाको डेढ लाख

0 Shares

काठमाडौँ । सुनको भाउ लगातार रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ । सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

ब्यूरो अफ लेबर स्टाटिस्टिक्सको पछिल्लो कन्जुमर प्राइस इन्डेक्स (सीपीआई) प्रतिवेदनले जुन महिनामा मुद्रास्फीतिको दबाबमा उल्लेखनीय गिरावट आएकोले त्यसको प्रभाव सुन बजारमा पर्न गई सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्।

यस्तै, बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार