पोर्चुगललाई बराबरीमा रोक्दा कोलम्बिया समूह विजेता, दुवै टोली नकआउट चरणमा

0 Shares

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा पोर्चुगललाई गोलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो ।

कोलम्बियाले ५० प्रतिशतभन्दा बढी बल पोजिसन राखे पनि गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा कोलम्बियाले हानेको गोल अफसाइडका कारण मान्यता पाएन ।

कोलम्बियाले ३ खेलबाट ७ अंक जोडेको छ । पोर्चुगलले ५ अंक जोडेर उपविजेता बन्यो । डीआर कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान अंकविहीन बन्दै विश्वकपबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार