ओली सरकारले परिवर्तन उल्ट्याउन खोजे समाजवादी मोर्चाले आन्दोलन गर्ने चेतावनी

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पश्चगामीहरुको गठजोड भएकाले संविधान संशोधन मार्फत परिवर्तन उल्ट्याउन खोजे आन्दोलन गर्ने समाजवादी मोर्चा चेतावनी दिएको छ ।

मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले नेपाली कांग्रेस, एमाले,राप्रपा लगायत दल मिलेर संविधान संशोधन गरेर परिवर्तन उल्ट्याउन खोजे सहिय नहुने निष्कर्ष निकालेको छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सत्ता साझेदार सहित संविधान संशोधन समेत गर्न खाजेलेकाले प्राप्त उपलब्धिमाथि धक्का लाग्ने गरीकाम नगर्न मोर्चाले आग्रह गरेको बताए ।

‘ओली नेतृत्वको सरकार सत्ता साझेदारी मात्रै होइन परिवर्तन विरोधिहरु एक भएका छन’उनले भने, ‘संविधान संशोधन मार्फत जनताका अधिकार खोसिन्छन् कि चिन्ता थपिएको छ ।’

कार्यदल गठन
सामजवादी मोर्चाले चार दलबाट एक/एक जना हुने गरी भावी कार्यक्रम र योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । जसमा नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेसपाबाट गंगानारायण श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाबाट खड्गबहादुर विश्वकर्मा रहेका छन् । कार्यदलका सदस्यलाई समाजवादी मोर्चाको दस्तावेजीकरण सहित भावी कार्यक्रम र योजना १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार