यी हुन् केपी ओलीको क्याबिनेटमा मन्त्री बन्नेहरू

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हन् । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई शपथ गराएपछि मन्त्रीहरूलाई शपथ भएको हो ।

मन्त्री बन्नेहरुको सूची:

१, प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२, विष्णु पौडेल – उपप्रधान तथा अर्थ

३, पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

४, रमेश लेखक – गृह

५, प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

६, आरजु राणा – परराष्ट्र

७, बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

८, बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

९, दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

१०, नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

११, देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१२, विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१३, अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१४, तेजुलाल चौधरी – युवा तथा खेलकुद

१५, मानवीर राई – रक्षा

१६, दीपक खड्का – ऊर्जा

१७, राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

१८, ऐनबहादुर शाही – वन तथा वातावरण

१९, शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

२०, प्रदीप यादव – खानेपानी

२१, रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

सम्बन्धित समाचार