0
Shares
काठमाडौं । चर्चित हाँस्य कलाकार सागर लम्साल क्षेत्रीले विवाह गरेका छन् । बले पात्रबाट परिचित भएका उनी आइतबार विवाह बन्धनमा बाँधिएका हुन् ।
कलाकार बलेले झापाकी स्नेहा दङ्गालसँग विवाह गरेका हुन् । यसअघि उनको कलाकारिता क्षेत्रमै रहेकी युवतीसँग प्रेम सम्बन्धको चर्चा बाहिर आएको थियो ।
उनीहरूले म्युजिक भिडिओमा सँगै कामसमेत गरेका थिए । तर, उनीहरूको पछि ब्रेकअप भएको थियो । पछिल्लो समय बले टेलिश्रृङ्खला ‘सक्किगो नि’मा आबद्ध रहँदै आएका छन् ।