कोशीमा सरकार पुनर्गठन हुँदै, कांग्रेस ‘इन’ हुँदा माओवादी केन्द्र ‘आउट’ हुने

0 Shares

काठमाडौं । कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर नेपाली कांग्रेसलाई सरकारमा सामेल गराउने भएका हुन् ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा परेको हो । हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् । नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् ।

माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।

सम्बन्धित समाचार