आइतबार बस्ने प्रतिनिधिसभा बैठक सर्‍यो, अब सोमबार बस्ने

0 Shares

काठमाडौं । आइतबार बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । योसँगै बैठक सोमबार बस्ने गरी सारिएको हो ।

विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

यसअघि आइतबार अपराह्न ३ बजे बैठक तय भएको थियो । आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएसँगै बैठक सारिएको हो ।

शुक्रबार प्रधानमन्त्री पदका लाथि पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव फेल भएसँगै राति नेपाली कांग्रेर र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित राष्ट्रपति कार्यालय पुगेको थियो ।

संसदको दुई ठूला दल कांग्रेस र एमालेको सहमतिअनुसार आइतबार ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

सम्बन्धित समाचार