साल्ट ट्रेडिङले बढायो नुनको मूल्य, १ केजी प्याकेटको मुल्य कति ?

0 Shares

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ।

कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।

अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो ।

यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्‍याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ ।

सम्बन्धित समाचार