सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । बुधबार सुनको मूल्य ४०० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँ रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३३२ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ६८ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार