0
Shares
काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२० भक्तजनको निधन भएको छ ।
भारतीय सञ्चार माध्यमहरूले भागदौडमा १२० जनाभन्दा बढीको मृत्यु भएको र कयौँ घाइते भएको जनाएको छ । हाथरसका डीएम आशिष कुमारले सय जनाभन्दा बढीको मृत्यु भएको र मृतकको यकिन हुन नसकेको बताए ।
घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको बताइएको छ । उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएका छन् ।