पेट्रोलियम पदार्थको मूल्य बढ्यो, लिटरमा कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आइतबार नयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि बढाएको हो ।

आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

योसँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तेस्रो वर्गमा राजधानी काठमाडौंसहित पोखरा, दिपायल पर्दछन् । वृद्धि भएको मूल्य राति १२ बजेदेखि लागू हुने निमगले जनाएको छ ।

सम्बन्धित समाचार