अमेरिका पुगेका आठ नेपालीलाई फर्काइयो

0 Shares

काठमाडौं । अमेरिका पुगेका आठ नेपालीलाई फर्काइदिएको छ । अवैध बाटो अमेरिका पुगेका उनीहरूलाई फर्काएएको हो ।

उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं पठाएको छ । विश्वका १० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको मानव बेचबिखन ब्युरोले जनाएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ,” उनले भने, “हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए, आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ, उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझने छौँ ।”

सम्बन्धित समाचार