दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारी पक्राउ

0 Shares

काठमाडौं । दुई अर्ब बढीको क्रिप्टोकरेन्सीको कारोबारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको कारोबारमा संलग्न धनुषाका सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले अमेरिकी डलर दुई करोड ६९ लाख ८१ हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वय पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) तथा दफा २६२ (क) १ को (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार