मोरङमा ट्रक पल्टिँदा ३ बालबालिका च्यापिए, उद्धार प्रयास जारी

0 Shares

काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।

मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी।बी। १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धारको प्रयास जारी छ । ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीले उद्धारको प्रयास गरिरहेको उनले बताए । प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्वल उद्योगमा लागि आएको थियो ।

सम्बन्धित समाचार